आजको विदेशी मुद्राको विनिमयदर यस्ताे
फरकधार / १९ फागुन, २०७८

नेपाल राष्ट्र बैंकले बिहीबार लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ८३ पैसा र बिक्री दर १२१ रुपैयाँ ४३ पैसा कायम गरेको छ ।



युरोपियन युरो एकको खरिद दर १३३ रुपैयाँ ९२ पैसा र बिक्री दर १३४ रुपैयाँ ५८ पैसा छ । यूके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १६० रुपैयाँ ८४ पैसा र बिक्री दर १६१ रुपैयाँ ६४ पैसा छ ।  स्वीस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ ६४ पैसा र बिक्री दर १३२ रुपैयाँ २९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८७  रुपैयाँ ७० पैसा र बिक्री दर ८८ रुपैयाँ  १३ पैसा  छ ।  क्यानडियन डलर एकको खरिद दर ९५ रुपैयाँ दुई पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ४९ पैसा छ ।



जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ४९ पैसा र बिक्री दर १० रुपैयाँ ५४ पैसा  छ भने चिनियाँ युआन एकको खरिद दर १९ रुपैयाँ १३ पैसा र बिक्री दर १९ रुपैयाँ २३ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ ।



साउदी अरबियन रियाल एकको खरिद दर ३२ रुपैँया २१ पैसा र बिक्री दर ३२ रुपैयाँ ३७ पैसा  छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ २१ पैसा र बिक्री दर ३२ रुपैयाँ ३७ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ८० पैसा छ भने बिक्री दर २८ रुपैयाँ ९४ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर  १० रुपैयाँ एक पैसा र बिक्री दर १० रुपैयाँ ६ पैसा कायम भएको छ ।
 

  • प्रकाशित मिति : फागुन १९, २०७८ बिहीबार १०:३७:१३,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया