सत्ता गठबन्धनकाे बैठक जारी, चुनाव र चुनावी गठबन्धनमा छलफल
फाइल फाेटाे

सत्ता गठबन्धनको बैठक अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसदबाट अनुमोदन भएपछि पहिलोपटक गठबन्धनको बैठक बसेको हो । 

बैठकमा सत्ताधारी कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीका नेताहरूबीच छलफल भइरहेको छ । स्थानीय चुनाव, चुनावी गठबन्धनलगायत विषयमा छलफल भइरहेको छ ।  

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्तासमेत रहेका ज्ञानेन्द्रबहादुर कार्की, कांग्रेस नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवलगायतका नेता सहभागी रहेका पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।

पौडेल सरकार सञ्चालन संयन्त्रका संयोजक पनि हुन् । एमसिसी अनुमोदन भइसकेपछिको सत्ता गठबन्धनको बैठकमा पौडेल पनि सहभागी भएका हुन् । 





  • प्रकाशित मिति : फागुन १९, २०७८ बिहीबार ११:३९:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया