आजदेखि सुरु भयाे १५ दिवसीय मिथिला माध्यमिकी परिक्रमा (फाेटाे फिचर)
फरकधार / १९ फागुन, २०७८

मिथिलाको बहुचर्चित सांस्कृतिक उत्सव १५ दिवसीय मिथिला माध्यमिकी परिक्रमा बिहीबारदेखि विधिवत रूपमा सुरु भएको छ ।



धनुषाको मिथिलाबिहारी नगरपालिकास्थित ठेरा कचुरीमा रहेको मिथिला बिहारी मन्दिरबाट निस्केको रामसीताको डोला जानकी मन्दिरमा दर्शन गराएर जनकपुरधामको दक्षिणी ढोकामा रहेको हनुमान गढीमा पुगेपछि परिक्रमाको विधिवत सुरुरुवात हुने परम्परा छ ।

नेपाल र भारतका गरी १ सय ३३ किलोमिटर लामो यस पैदल यात्रामा हजारौं श्रद्धालु सहभागी भएका जानकी मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णवले जानकारी दिए । उनीहरू शुक्रबार बिहान भारतको कल्याणेश्वर पुग्नेछन् । 



त्यहाँ विश्रामपछि सहभागीहरु भारतकै गिरिजास्थान, मटिहानी, नेपालको जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, क्षीरेश्वर, पर्वता, धनुषाधाम, औरही, करुणा, विशौल हुँदै फेरि कल्याणेश्वर र फागु पुर्णिमाको दिन जनकपुरधाम फर्किने छन् । 



कञ्चनवनमा अग्निकुण्ड मन्दिरको आयोजनमा परिक्रमामा सहभागीहरुले एक आपसमा होली खेलेपछि औपचारिक रुपमा होलीको सुरुवात भएको मानिन्छ ।  

हरेक वर्ष हुने परिक्रमामा भक्तजनले १५ दिनमा नेपालको १ सय ५ र भारतको २८ किलोमिटरको दूरी पैदल यात्रा गर्छन् । 

पवित्र धार्मिक स्थलहरूको परिक्रमा गर्दा पाप नाश हुनुका साथै पुण्य मिल्ने जनविश्वास छ । परिक्रमा अवधिभर सहभागीहरुले झाँकी, भजन, किर्तन पनि गर्छन् ।

नेपाल-भारत दुवै मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सद्भावकाे प्रतीक बनेको परिक्रमायात्राको क्रममा नेपालमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल छन्।

 

  • प्रकाशित मिति : फागुन १९, २०७८ बिहीबार १२:४४:४८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया