संसद अवरोध हटाउन एमालेलाई आग्रह गर्ने सत्ता गठबन्धनको निर्णय

सत्ता गठबन्धनले संसदको अवरोध हटाउन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग आग्रह गर्ने निर्णय गरेको छ  ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आजको सत्ता गठबन्धनको बैठकमा अबको विकसित राजनीतिक परिस्थितिको बारेमा सरकारको भूमिका र संसद अवरोधका बारेमा छलफल केन्द्रित भएको बताए ।

मन्त्री कार्कीले बैठकमा नागरिक विधेयक, हवाइ उड्डयनजस्ता विधेयकका बारेमा पनि छलफल केन्द्रित भएको बताए । त्यस्तै, आजको बैठकमा आगामी आर्थिक वर्षको बजेटका विषयमा पनि छलफल भएको मन्त्री कार्कीले बताए ।

'प्रतिनिधि संस्था यति लामो समयसम्म सञ्चालन नहुँदा जनतामा संसदप्रति नै नकारात्मक धारणा बन्न सक्छ यस बारेमा पनि गम्भीर छलफल भएर आजको चार दलको बैठकले प्रमुख प्रतिपक्ष दललाई संसदलाई सञ्चालन गर्न राष्ट्रका यावत समस्याहरूको बारेमा संसदमा छलफल गर्ने वातावरण तयार गर्नका निमित्त आग्रह गर्ने निर्णय गरेको छ' उनले भने ।





  • प्रकाशित मिति : फागुन १९, २०७८ बिहीबार १३:२४:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया