युक्रेन मामिलामा फेरि तटस्थ बस्याे भारत

युक्रेनविरुद्ध रुसी हमलाको निन्दा गर्ने राष्ट्रसंघको महासभाको प्रस्तावमा भारत फेरि तटस्थ बसेको छ । 

मस्को र किभबीचको बढ्दो तनावमाथि राष्ट्रसंघको महासभाको प्रस्तावमा एक सातामा भारत तेस्रो पटक तटस्थ बसेको हो । वासिंटनका वरिष्ठ अधिकारीहरूले भारतलाई ‘स्पष्ट अडान लिन’आह्वान गरेका थिए । 

मस्को र पश्चिमसँगको सम्बन्धलाई सन्तुलनमा राख्न खोज्दा भारत युक्रेन मामिलामा एउटा कूटनीतिक कसिलो डोरोबाट हिँडिरहेको देखिन्छ । तर, उसको रणनीतिले विशेषतः पश्चिमा देशमा प्रश्न खडा गरेको छ । 

विश्वकै ठूलो प्रजातान्त्रिक देश भारतले प्रष्ट अडान लिनु पर्ने पश्चिमा देशहरूले आवाज उठाउँदै आएका छन् ।





  • प्रकाशित मिति : फागुन १९, २०७८ बिहीबार १४:०:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया