बेलायती गुप्तचर एजेन्सीले भन्यो - किभतर्फ गइरहेको रुसी सैनिक लस्करको गति सुस्त भयो
2022 MAXAR TECHNOLOGIES

बेलायतको मिलिटरी इन्टेलिजेन्स एजेन्सीले युक्रेनको राजधानी किभतर्फ गइरहेको रुसी सेनाको लस्करको गति सुस्त भएको दाबी गरेको छ ।

उसले  विगत तीन दिनमा रुसी सेनाको लस्करले केही दूरी मात्र पार गरेको दाबी गरेको हो ।

यद्यपि यो लस्कर सुस्त गतिमा अघि बढिरहेको भए तापनि किभ र अन्य शहरहरूमा रूसी हवाई आक्रमण जारी छ ।

बेलायती मिलिटरी इन्टेलिजेन्स एजेन्सीलाई उद्धृत गर्दै रुसी सैन्य लस्कर राजधानीको उत्तर तर्फबाट गइरहेको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

हाल यो लस्कर राजधानीबाट करिब ३० किलोमिटरको दूरीमा रहेको बिबिसीले लेखेको छ । रुसी सेनाले युक्रेनी सेना र जनताबाट व्यापक विरोधको सामना गरिरहेको छ ।

तर, रक्षा मन्त्रालयले खार्किभ, चेर्निहाइभ र मारिउपोल अझै युक्रेनी नियन्त्रणमा रहेको जनाएको छ ।



बेलायतले रूसले पेस गरेको आँकडाभन्दा सैनिकहरू मारिने र घाइते हुनेको संख्या धेरै भएको बताएको छ ।



  • प्रकाशित मिति : फागुन १९, २०७८ बिहीबार १५:४४:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया