रुसी व्यापारीले तोके पुटिनको टाउकाको मूल्य १० लाख अमेरिकी डलर

रुसका एक व्यापारीले राष्ट्रपति भ्लादिमिर पुटिनको टाउकोको मूल्य तोक्दै इनामको घोषणा गरेका छन् । पुटिनलाई ज्युँदो वा मृत जुनसुकै अवस्थामा पक्रेर ल्याउनेलाई उनले १० लाख अमेरिकी डलर इनाम दिने घोषणा गरेका छन् । 

रुसी व्यापारी अलेक्स कोनान्खिनले सामाजिक सञ्जाल लिंकडेनमा एउटा सन्देश जारी गर्दै पुटिनलाई पक्राउ गरेको खण्डमा रुसी सैनिक अधिकारीलाई १० लाख अमेरिकी डलर दिने घोषणा गरेका हुन् ।

उनले लेखेका छन्, ‘रुसी र अन्तर्राष्ट्रिय कानुनअनुसार युद्धअपराधी पुटिनलाई पक्राउ गरी संवैधानिक कर्तव्य पालना गरेको खण्डमा सैनिक अधिकारीलाई म १० लाख अमेरिकी डलर इनाम दिने वाचा गर्दछु ।’

सन्देशमा उनले ‘वान्टेडः डेड अर अलाइभ भ्लादिमिर पुटिन फर मास मर्डर’ चाहियोः जिउँदै वा मृत, आम हत्याका लागि भ्लादिमिर पुटिन) लेखेका छन् । 





  • प्रकाशित मिति : फागुन १९, २०७८ बिहीबार १९:१०:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया