युक्रेनलाई सफलतापूर्वक निःशस्त्रीकरण गरिछाड्छौँ : पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई सफलतापूर्वक निःशस्त्रीकरण गर्ने बताएका छन्। फ्रान्सेली समकक्षी इमानुएल म्याक्रोनसँगको टेलिफोन कुराकानीमा पुटिनले यस्तो बताएका हुन् । 

टेलिफोन कुराकानीको क्रममा पुटिनले युक्रेनलाई तटस्थ बनाउने आफ्नो लक्ष्य भएको उनले बताएका छन्। सो क्रममा उनले फ्रान्सेली नेताले बुधबार दिएको भाषणसँग आफू असहमत रहेको पनि म्याक्रोनलाई बताएका थिए।

कुराकानीका क्रममा पुटिनले युक्रेनले वार्तामा ढिलाइ गर्ने कुनै पनि प्रयासको परिणामस्वरुप रसियाले आफ्ना मागहरूको सूची थप्ने बताएका थिए।





  • प्रकाशित मिति : फागुन १९, २०७८ बिहीबार २०:३५:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया