रुस-युक्रेन युद्धबाट प्रभावित ५११ नेपाली सुरक्षित स्थानमा पुगे

रुस–युक्रेन युद्धबाट प्रभावित अधिकांश नेपाली सुरक्षित स्थानमा पुगेका छन् । जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काका अनुसार हालसम्म युक्रेनबाट नेपाली सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावालगायत देशमा पुगेका हुन् । 

हालसम्म ४ सय ३ जना पोल्याण्ड, ७१ जना स्लोभाकिया, २७ जना रोमानिया, ६ जना हंगेरी, र चार नेपाली माल्दावा पुगेका उद्धार समितिले जनाएको छ । उद्धार गरिएकामध्ये ४ जना नेपालीमा मानसिक स्वास्थ्य समस्या देखिएको छ ।

समितिका अनुसार अहिलेसम्म युक्रेनबाट ५ सय ११ जना नेपाली सुरक्षित गन्तव्यमा पुगिसकेका छन् । युक्रेनबाट निस्केका मध्ये ४० जना नेपालीले यात्रा अनुमति पत्र (ट्राभल्स डकुमेन्ट) लिएको जर्मनस्थित नेपाली दूतावासले जनाएको छ । युक्रेनमा नेपालीको संख्या कति छ भनेर अहिलेसम्म सरकारले यकिन गर्न सकेको छैन । 





  • प्रकाशित मिति : फागुन २०, २०७८ शुक्रबार ६:४७:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया