नसुम चम्कदा अफगानिस्तानमाथि बंगलादेशको शानदार जित

अफगानिस्तानविरुद्धको टी–२० सिरिजको पहिलो खेलमा घरेलु टोली बंगलादेश विजयी भएको छ । बंगलादेशले बिहीबार राति भएको खेलमा ६१ रनको सहज जित हात पारेको हो ।

१५६ रनको लक्ष्य पछ्याएको अफगानिस्तान १७.४ ओभरमा ९४ रनमै समेटियो । उसका लागि नाजिबउल्लाह जाद्रनले सर्वाधिक २७ रनको योगदान दिए । अजमतउल्लाह ओमरजाईले २० तथा कप्तान मोहम्मद नाबीले १६ रन बनाए ।

अन्य ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । बंगलादेशका नसुम अहमदले ४ ओभरमा १० रन दिएर ४ विकेट हात पारे । त्यस्तै, शोरिफुल इस्लामले ३, शकिब अल हसनले २ तथा मुस्तफिजुर रहमानले १ विकेट लिए । 

यसअघि मिरपुस्थित शेर बंगला नेशनल स्टेडियममा टस जितेर ब्याटिङ रोजेको बंगलादेशले  निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५५ रन बनाएको थियो ।

उसका लागि लिटोन दासले ६० रनको अर्धशतकीय पारी खेले । ४४ बलको सामना गरेका उनले ४ चौका र २ छक्का प्रहार गरे । अफिफ हुसेनले २५ तथा मुनिम सहरियारले १७ रन बनाए ।

अफगानिस्तानका फजलहक फारुकी र अजमतउल्लाह ओमरजाईले २–२ तथा राशिद खान र क्विस अहमदले १–१ विकेट हात पार्दा २ विकेट रन आउटका रूपमा प्राप्त भयो । यो जितसँगै दुई खेलको सिरिजमा बंगलादेशले १–० को अग्रता बनाएको छ । दोस्रो तथा अन्तिम खेल शनिबार हुनेछ  । 





  • प्रकाशित मिति : फागुन २०, २०७८ शुक्रबार ७:३:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया