रुस फुटबलको सर्वोच्च निकाय रसियन फुटबल युनियनले फिफा र युइएफएले लगाएको प्रतिबन्धविरुद्ध अपिल गर्ने भएको छ । युक्रेनमा आक्रमण गरेपछि त्यहाँका जनतासँग ऐक्यबद्धता जनाउँदै विश्व फुटबलको सर्वोच्च निकाय फिफा र युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएले रुसमाथि प्रतिबन्ध लगाएका थिए ।
फिफा र युइएफएले रुसको राष्ट्रिय टिमसँगै सबै क्लबलाई सबैखाले प्रतियोगितामा प्रतिबन्ध गरेका हुन् । रुसले खेलकुदको सर्वोच्च न्यायिक निकाय कोर्ट अफ आर्बिट्रेसन अफ स्पोर्टस (कास) मा अपिल गर्ने भएको हो ।
फिफाको प्रतिबन्धसँगै रुसले मार्चमा पोल्याण्डविरुद्ध हुने विश्वकप छनोटअन्तर्गत प्ले अफ खेल्न पाउने छैन । यस्तै, रुसी क्लब स्पार्टक मस्को पनि युरोपा लिगबाट बाहिरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।