सहिद स्मारक ‘ए’ डिभिजन लिग
ब्वाइजमाथि च्यासलको जित

काठमाडौं– सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजको खेलमा च्यासल युथ क्लब विजयी भएको छ । 

सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा ब्रिगेड ब्वाइजलाई २–० गोलले हराउँदै च्यासलले जारी लिगमा चौथो जित निकालेको हो । 

च्यासलको जितमा सन्तबहादुर गुरुङ र सञ्जोक राईले १र१ गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा २ गोल गर्दै च्यासलले जित निकाल्यो । 

खेलको ६५औँ मिनेटमा सन्तले गोल गर्दै च्यासललाई सुरुआती अग्रता दिलाए । ८२औँ मिनेटमा सञ्जोकले गोल गर्दै च्यासललाई २–० को जित दिलाए । म्यान अफ द म्याच बनेका सञ्जोकले १० हजार नगद हात पारे । 

जितसँगै च्यासल आठ खेलबाट १३ अंक जोड्दै लिगको पाँचौ स्थानमा उक्लिएको छ । आठ खेलबाट चार अंक जोडेको ब्रिगेड ब्वाइज १२औँ स्थानमा छ । 





  • प्रकाशित मिति : मंसिर २९, २०७५ शनिबार १७:५१:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया