रुपन्देहीको सैनामैना नगरपालिका-४ रन्यौरामा बिहीबार साँझ टिपरको ठक्करबाट साइकलमा सवार एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा २ जना घाइते भएका छन्।
लु २ ख ४३२६ नम्बरको टिपरले सैनामैना नगरपालिका-७ देउपारका २७ वर्षीय बद्रि चौधरी, उनकी २६ वर्षीया श्रीमती दिल कुमारी चौधरी र ४ वर्षीया छोरी जेनिशा चौधरी सवार साइकललाई बिहीबार साँझ साढे ५ बजे ठक्कर दिएको थियो ।
दुर्घटनामा घाइते भएका चौधरी परिवारलाई उपचारको लागि साझा अस्पताल बुटवल पठाइएकोमा दिल कुमारीको उपचारको क्रममा मृत्यु भएको हो ।
अन्य घाइतेको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय रन्यौरा रुपन्देहीले जनाएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।