देशभर ८१३३ नमुना परीक्षण गर्दा १२६ जनामा कोरोना पुष्टि

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा १२६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार १३३ नमुनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन् ।

त्यस्तै सोही समयमा ३८५ जना निको भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ९ लाख ५८ हजार १९३ पुगेको छ ।

त्यस्तै आज कोरोनाका कारण १ जनाले ज्यान गुमाएका छन् । योसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९४५ पुगेको छ ।

देशभर ७ हजार २४२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।





  • प्रकाशित मिति : फागुन २०, २०७८ शुक्रबार १५:३९:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया