युक्रेनले भन्यो– परमाणु प्लान्ट अब रुसको कब्जामा

युक्रेनले रुसी सेनाले जेपोरजिया परमाणु पावर प्लान्टमा कब्जा जमाएको बताएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार एक स्थानीय अधिकारीले सामाजिक सन्जालमा नै यो विषयमा लेखेका छन् । 

उनले त्यहाँका कर्मचारीलाई पनि रुसले नियन्त्रणमा लिएको बताएका छन् ।

युक्रेनको यो परमाणु पावर प्लान्ट युरोपको सबैभन्दा ठूलो परमाणु पावर प्लान्ट हो । त्यहाँ शुक्रबार निकै ठूलो आगो लागेको पनि देखिएको थियो ।

युक्रेनले रुसले आक्रमण गरेकाले त्यहाँ आगो लागेको देखिएको जनाएको छ । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले पनि ट्विट गर्दै त्यहाँ रुसी सेनाले आक्रमण गरेको जानकारी दिएका छन् ।

उनले ट्विटरमा विश्वले यसलाई जोगाउन सहयोग गर्नु पर्ने पनि जनाएका छन् ।






  • प्रकाशित मिति : फागुन २०, २०७८ शुक्रबार १५:४४:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया