रूसी संसदको तल्लो सदन 'डुमा'ले सर्वसम्मतिले सेनाका बारेमा 'झूटा' सूचना फैलाउनेलाई जेल सजाय हुन सक्ने कानुन पारित गरेको छ ।
समाचार एजेन्सी इन्टरफ्याक्सका अनुसार कुल ४०१ सांसदले विधेयकको पक्षमा मतदान गरेका छन् भने कुनै पनि विपक्षमा मतदान गरेका छैनन् ।
अब यो ऐन भोलि माथिल्लो सदनबाट अनुमोदनका लागि पेस गरिने बताइएको छ । तल्लो सदनले जारी गरेको विज्ञप्तिमा यो कानून लागू भएमा सेनाबारे जानाजानी गलत सूचना फैलाउनेलाई १५ वर्षसम्म कैद र जरिवाना हुने उल्लेख छ ।
Russia's lower house of parliament unanimously passed legislation imposing 15-year prison sentences for "fake news" about Russia's military in an extraordinary session Friday, according to news agencies.https://t.co/kHG1dS1zxd
— The Moscow Times (@MoscowTimes) March 4, 2022
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।