आइसिसी महिला विश्वकप : वेस्ट इन्डिजको विजयी सुरुवात

आइसिसी महिला एकदिवसीय विश्वकपमा वेस्ट इन्डिजले विजयी सुरुवात गरेको छ । उसले उद्घाटन खेलमा आयोजक न्युजिल्यान्डमाथि ३ रनको रोमाञ्चक जित हात पारेको हो । 

२६० रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड तीन बल बाँकी रहँदा २५६ रन बनाउँदै अलआउट भयो। 
 
न्युजिल्यान्डका लागि कप्तान सोफी डेभिनले १०८ रनको शतकीय पारी खेलेपनि टोलीलाई जित दिलाउन भने सकिनन् । १२७ बलको सामना गरेकी उनले १० चौका प्रहार गरिन् । केट मार्टिनले ४४ र एमी सेटरथवेटले ३१ रन बनाए ।
 
वेस्ट इन्डिजका लागि हेली म्याथ्यूज, अनिसा मोहम्मद र डियन्द्र डोटिनले २-२ तथा चनेली हेनरी र सकेरा सेलमनले १-१ विकेट लिए । २ विकेट रन आउटका रूपमा प्राप्त भयो । 

यसअघि माउन्ट माउन्गानुईमा टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २५९ रन बनाएको थियो ।  

वेस्ट इन्डिजका लागि हेली म्याथ्यूजले ११९ रनको शतकीय पारी खेलिन् । १२८ बलको सामना गरेकी उनले १६ चौका र १ छक्का प्रहार गरिन् । चडिन नेसनले ३६ र कप्ता स्टेफिनी टेलरले ३० रनको योगदान दिए । 

न्युजिल्यान्डका लागि ली टाहुहुले सर्वाधिक ३, जेस केरले २ तथा हनाह रोवी र अमेलिया केरले १-१ विकेट लिँदा २ विकेट रन आउटका रूपमा प्राप्त भयो । 





  • प्रकाशित मिति : फागुन २०, २०७८ शुक्रबार १६:२६:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया