पुटिनको चेतावनी - थप प्रतिबन्ध लगाएर स्थिति खराब गर्ने काम नहोस्
फाइल तस्वीर

युक्रेनमाथि रुसको आक्रमणको विरोध गर्ने देशहरूलाई रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले चेतावनी दिएका छन् । उनले रुसमाथि थप प्रतिबन्धहरु लगाएर स्थितिलाई अरु खराब नगर्न अमेरिका सहितका पश्चिमा देशहरूलाई चेतावनी दिएका हुन् । 

यो टिप्पणी त्यतिबेला आएको हो जतिबेला पुटिन एक सरकारी बैठकलाई सम्बोधन गरिरहेका थिए । जसलाई रुसको सरकारी टेलिभिजन रोसया २४ मा प्रत्यक्ष प्रसारण गरिरहेको थियो ।

सम्बोधनमा पुटिनले दाबी गरे 'छिमेकीविरुद्ध हाम्रो कुनै गलत मनसाय छैन ।' उनले दुई देशबीचको सम्बन्धलाई थप खराब गर्ने गरि युक्रेनले कुनै कदम अघि नबढाउनेमा आफूहरु विश्वस्त रहेको बताए । 

उनले भने, 'मलाई लाग्छ सबैले अब यस बारेमा सोच्न आवश्यक छ कि सम्बन्ध सामान्य कसरी हुने छ, सामान्य रुपमा एक अर्काको मद्दत रहोस् र सम्बन्धमा सुधार आओस् ।'

रुसी सेनाको कारबाही रुसविरुद्धको केही कारबाहीको जवाफ भएको पुटिनले बताए । 






  • प्रकाशित मिति : फागुन २०, २०७८ शुक्रबार १९:३६:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया