रुसी सेनाको गोलाबारीबाट युक्रेनमा १६० भन्दा बढी शैक्षिक संस्थाहरू आंशिक वा पूर्ण रूपमा ध्वस्त भएको युक्रेनको विदेश मामिला मन्त्रालयले शुक्रबार जनाएको छ ।
युक्रेनका शिक्षा मन्त्रीका अनुसार युक्रेनका १६० भन्दा बढी शैक्षिक संस्थाहरू रुसी सेनाको गोलाबारीबाट आंशिक वा पूर्ण रूपमा ध्वस्त भएका छन् ।
बेलायत, अमेरिका, क्यानडा र युरोपेली संघलगायत धेरै देशले युक्रेनमा रुसको सैन्य कारबाहीको निन्दा गरेका छन् र मस्कोमाथि प्रतिबन्ध लगाएका छन् । यी देशहरूले युक्रेनलाई रुससँग लड्न सैन्य सहयोग गर्ने वाचा पनि गरेका छन् ।
अमेरिका, क्यानडा र युरोपेली सहयोगीहरूले प्रमुख रुसी बैंकहरूलाई अन्तरबैंक सन्देश प्रणाली, स्विफ्टबाट हटाउन सहमत भएका छन् ।
यसबाट रुसी बैंकहरूले रुसको सिमाना बाहिरका बैंकहरूसँग सुरक्षित रूपमा सञ्चार गर्न सक्ने छैनन् । राष्ट्रपति पुटिनले अमेरिका र उसका सहयोगीहरू विरुद्ध विशेष आर्थिक उपायको अध्यादेशमा पनि हस्ताक्षर गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।