शेन वार्नका केही राेचक तथ्य

अस्ट्रेलियाका लिजेन्डरी स्पिनर शेन वार्नको ५२ वर्षको उमेरमा निधन भएको छ । फक्स क्रिकेटका अनुसार वार्नको हृदयघातका कारण मृत्यु भएको आशंका गरिएको छ।

विश्वकै सर्वाधिक सफल लेगस्पिनर मानिने वार्नले अस्ट्रेलियाका लागि १४५ टेस्ट र १ सय ९४ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका थिए । 

उनले टेस्टमा ७०८ विकेट र एकदिवसीय अन्तर्राष्ट्रियमा २९३ विकेट लिएका थिए । टेस्टमा वार्न श्रीलंका स्पिनर मुथैया मुरलीधरन  (८ सय विकेट ) पछि सर्वाधिक विकेट लिने बलर हुन् । 

फक्स क्रिकेटका अनुसार उनी अचेत अवस्थामा फेला परेका थिए । स्वास्थ्यकर्मीहरूले बचाउन अथक प्रयास गरे पनि नसकेको जनाएको छ ।

सन् १९९९ मा अस्ट्रेलियालाई विश्वकप जिताउन उनले उत्कृष्ट प्रदर्शन गर्दै २० विकेट लिएका थिए । वार्नले सन् १९९२ मा भारतविरुद्ध पहिलाे र २००७ मा इंग्ल्यान्डविरुद्ध अन्तिम टेस्ट खेलेका थिए। 

उनले सन् १९९३ मा न्युजिल्यान्डविरुद्ध पहिलाे र सन् २००५ मा एसिया-११ विरुद्ध अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका थिए ।



वार्नका केही राेचक तथ्य

१. कम्पलिट हेटेरोक्रोमिया भनिने एक प्रकारकाे विशेष अवस्थाका कारण उनको एउटा आँखा हरियो र अर्को निलो देखिन्थ्याे ।



२. २०११ को विश्वकपमा इंग्ल्याण्ड र भारतको खेल हुनुअघि वार्नले याे खेल बराबरीमा सकिन्छ भनेर ट्विट गरेका थिए । जब खेल बराबरीमा सकियाे फक्स स्पोर्ट्सले वार्न जिनियस कि म्याच-फिक्सर ? भन्ने शीर्षकमा समाचार छापेकाे थियाे ।

३.वार्न चेन स्माेकर थिए । उनलाई एक पटक अस्ट्रेलियन क्रिकेट बोर्डले धूम्रपान छोड्नको लागि पैसा पनि दिएकाे थियो

४. वार्न आफ्नो करियरमा अश्लील म्यासेजका लागि बदनाम हुनुका साथै महिलासँग सम्बन्धित धेरै स्क्यान्डलमा संलग्न थिए ।

५. निषेधित पदार्थ सेवन गरेकाे पाइएपछि वार्नलाई सन् २००३ मा प्रतिबन्ध लगाइएकाे थियाे ।

६. शेन वार्न इन्डियन प्रिमियर लिग (आइपिएल) अक्सनमा बिक्री हुने पहिलाे खेलाडी हुन् । उनलाई सन् २००८ काे पहिलाे सिजनकाे अक्सनबाट राजस्थान राेयल्सले २ कराेड भारुमा अनुवन्ध गरेकाे थियाे ।

७. सन् १९९२ मा भारतविरुद्ध टेस्टमा डेब्यु गर्दा वार्नकाे ताैल ९७ किलाे थियाे ।

८. सन्यासपछि वार्न गम्भीर किसिमका राेगबाट ग्रसित तथा अपाङ्गता भएका बालबालिकाका लागि काम गरिरहेकाे थिए ।

९. सट्टेबाजलाई पिचकाे बारेमा जानकारी दिएकाे भन्दै अस्ट्रेलियन क्रिकेट बाेर्डले सन् १९९५ मा वार्नलाई जरिवाना लगाएकाे थियाे ।

१०. सन् १९९५ मा विवाह गरेका शेन वार्न र सिमोन कालाहानकाे सन् २००५ मा सम्बन्ध विच्छेद भएकाे थियाे । उनीहरूका तीन सन्तान छन् ।

११. वार्नले सन् २०११ मा अभिनेत्री एलिजावेथ हार्लेसँग इन्गेज्मेन्ट गरेका थिए ।

  • प्रकाशित मिति : फागुन २१, २०७८ शनिबार ७:५९:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया