मोबाइलमा २०७ वटासम्म एप्स राख्छन् भारतीय

नयाँदिल्ली– भारतीयहरुले आफ्ना स्मार्ट फोनमा २०७ वटासम्म एप्स राख्ने गरेको एक सर्वेक्षणले देखाएको छ । 

एआरसी डिजिट प्राविधिक कम्पनीले गरेको पछिल्लो अध्ययन प्रतिवेदनले भारतीय नागरिकले आफ्ना मोबाइलमा उनीहरूले प्रयोग गर्नेभन्दा धेरै एप्स राख्ने गरेको देखाएको छ । 

भारतीयहरूले मोबाइलमा औषत ५१ एप्सराख्ने गरेका छन् । अधिकांश भारतीयले आफ्ना मोबाइलमा भएका एप्समध्ये २४ एप्सको प्रयोग गर्ने गरेका छन् । धेरै भारतीयहरूले आफूले प्रयोग गर्नेभन्दा निकै बढी एप्स आफ्नो मोबाइल सेटमा राख्ने गरेका छन् । जसका कारण उनीहरूका फोन सेट नै खतरामा पर्ने देखिएको प्रतिवेदनमा उल्लेख छ । 

हरेक ३८ प्रतिशत स्मार्ट फोन प्रयोगकर्ताले दैनिक ६–१० एप्सको उपयोग गर्छन् । यसमध्ये, सबैभन्दा बढी ७६ प्रतिशत मोबाइल प्रयोगकर्ताले फेसबुक, यु–ट्युबजस्ता सामाजिक सञ्जालका एप्स प्रयोग गर्ने गरेका देखिएको छ । यस्तै, ७० प्रतिशत एप्स मोबाइलमा खेल खेल्न राख्ने गरेको अध्ययनले देखाएको छ । 

झन्डै ४७ प्रतिशत स्मार्टफोन प्रयोग गर्ने व्यक्तिले बैंकिङ, वित्तीय तथा ‘वालेट’ एप्स प्रयोग गर्ने गरेका छन् । 

यसबाहेक, केही एप्स भिडियो तथा फोटो ‘डाउनलोड’ गर्न र टेलिभिजन हेर्न वा रेडियो सुन्न प्रयोग हुने पाइएको छ । 





  • प्रकाशित मिति : मंसिर २९, २०७५ शनिबार २१:२१:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया