अस्ट्रेलियाका लिजेन्डरी स्पिनर शेन वार्नको ५२ वर्षको उमेरमा निधन भएको छ । फक्स क्रिकेटका अनुसार वार्नको हृद्धयघातको कारण मृत्यु भएको आशंका गरिएको छ ।
विश्वकै सर्वाधिक सफल लेगस्पिनर मानिने वार्नले अस्ट्रेलियाका लागि १४५ टेस्ट र १ सय ९४ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका थिए ।
उनले टेस्टमा ७०८ विकेट र एकदिवसीय अन्तर्राष्ट्रियमा २९३ विकेट लिएका थिए । टेस्टमा वार्न श्रीलंका स्पिनर मुथैया मुरलीधरन (८ सय विकेट ) पछि सर्वाधिक विकेट लिने बलर हुन् ।
वार्नकाे निधनपछि केही नेपाली क्रिकेटरले दुख व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत् श्रद्धाञ्जली अर्पण गरेका छन् ।
नेपाली टाेलीका कप्तान सन्दीप लामिछाने लेख्छन् ‘याे सुन्दा म निकै स्तब्ध छु । मलाई विश्वासै लागिरहेकाे छैन । उहाँको परिवार तथा आफन्तजनप्रति हृदयदेखि नै याे सहन सक्ने शक्ति मिलाेस् भन्ने प्रार्थना छ । स्वर्गमा बास हाेस् लिजेन्ड । हामी तपाईंलाई सधैं सझने छाैं ।’
पूर्वकप्तान पारस खड्का लेख्छन्, ‘ याे विश्वास गर्न सकिँदैन । स्वर्गमा बास हाेस् महामानव ।
स्तब्ध !’
राष्ट्रिय टाेलीका पूर्व सदस्य शक्ति गाैचनले ‘याे खबरले स्तब्ध बनाएकाे छ । महान स्पिनरकाे आत्माले शान्ति पाओस्’ भन्दै पाेस्ट गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।