युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिकी सिनेटलाई सम्बोधन गर्ने

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आज अमेरिकी सिनेटलाई सम्बोधन गर्ने भएका छन् । जेलेन्स्कीले जुममार्फत् अमेरिकी सिनेटरहरूसँग रुसी संकटबारे छलफल गर्ने भएका हुन् । 

युक्रेनमा युद्ध चर्किरहेका बेला केही अमेरिकी सांसदहरूले राष्ट्रपति जो बाइडेनलाई रुसविरुद्ध कडा कदम चाल्न अनुरोध गर्दै आएका छन् । रुसी तेलको आयातमा प्रतिबन्ध लगाउन उनीहरूले राष्ट्रपतिसँग अनुरोध गर्दै आएका थिए ।

रुसी तेल आयातमा प्रतिबन्ध लगाउने सम्भावित अमेरिकी कदमले तेलको मूल्य अझ बढी बढ्न सक्ने र मुद्रास्फीतिले थिचिएका अमेरिकी उपभोक्ताहरूलाई अझै असर गर्ने ह्वाइट हाउसको विश्लेषण छ । 

यसैबीच, रिपब्लिकन सिनेटर लिन्डसे ग्राहमले रुसी राष्ट्रपतिको हत्या गर्न रुसभित्रकै कसैलाई आह्वान गरेका छन् ।





  • प्रकाशित मिति : फागुन २१, २०७८ शनिबार ८:३४:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया