बायोपिक फिल्मको तयारीमा थिए शेन वार्न

अस्ट्रेलियाका लिजेन्डरी स्पिनर शेन वार्नको ५२ वर्षको उमेरमा निधन भएको छ । फक्स क्रिकेटका अनुसार वार्नको हृद्धयघातको कारण मृत्यु भएको आशंका गरिएको छ ।

उनकाे निधनमा संसारभरका क्रिकेटप्रेमीसँगै बलिउड पनि स्तब्ध बनेको छ । बलिउडले उनकाे बायाेपिक बनाउने तयारी गरेकाे थियाे ।

सन् २०१५ मा शेनलाई बलिउडमा अभिनयको प्रस्ताव गरिएको थियो । जुन विषयलाई उनले पनि पुष्टि गरेका थिए । एक टुरिज्म भिक्टोरिया कार्यक्रममा सहभागिता जनाइरहँदा उनले आफूलाई बलिउडबाट अभिनयको प्रस्ताव आएको र उक्त प्रस्ताव आफ्ना लागि सबैथोक भएको बताएका थिए ।

एक भारतीय प्रोडक्सन कम्पनीले शेनको बायोपिक बनाउने तयारी सुरु गरेको थियो । तर, कोभिड-१९ महामारीका कारण त्यो योजना तत्कालका लागि स्थगित गरिएको थियो ।

आफ्नो बायोपिकमा शेन अभिनेता लियोनार्दो डिक्याप्रियाे वा ब्राड पिटलाई प्रमुख भूमिकामा अभिनय गरेको हेर्न चाहन्थे ।

‘एक युवाले यसको बारेमा स्क्रिप्ट लेखेका छन् । यो कम्पनी यसलाई सुट गर्न चाहन्छ । त्यहीकारण मूल रूपले भारतका लागि यो एक हलिउड फिल्मको सुटिङ हो र यो कथा मेरो जीवनीमा आधारित छ । मैले सन् २००८ मा रोयल्सलाई कसरी एकसाथ राखें भन्ने कथा फिल्ममा हेर्न पाइनेछ’, उनले भनेका थिए । 



उनका अनुसार फिल्मको नाम नै ‘हलिउड-आइस्ड’ राखिएको थियो ।



  • प्रकाशित मिति : फागुन २१, २०७८ शनिबार ८:५९:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया