जाहन्वीलाई डाक्टर बनाउने श्रीदेवीकाे चाहना

बलिउड अभिनेत्री जाहन्वी कपूर आइतबार मार्च ६ मा आफ्नो जन्मदिन मनाउँदैछिन् । चलचित्र ‘धडक’बाट बलिउडमा पाइला चालेकी जाह्नवीले त्यसपछि विभिन्न चलचित्रमा अभिनय गरिन् ।

सामाजिक सञ्जालमा जाह्नवीको राम्रो फ्यान फलोइङ छ । उनको सरलपन र बोल्डनेस दुवैले उनका फ्यान प्रभावित छन् । जाहन्वी बलिउडमा आमाजस्तै सुपरस्टार बन्न चाहन्थिइन् । तर, श्रीदेवी छोरीलाई अभिनयमाभन्दा पनि डाक्टर बनेको हेर्न चाहन्थिइन् ।

जाहन्वीका पिता बोनी कपूरले कहिल्यै पनि छोरीका सपनालाई रोक्ने काम गरेनन् । तर, आमा श्रीदेवी भने छोरीले चलचित्रलाई भन्दा पनि पढाइलाई ध्यान दिउन् भन्ने चाहन्थिइन् । श्रीदेवीको चाहना छोरीलाई एउटा असल डाक्टर बनेको हेर्ने थियो ।

तर, जाहन्वी भने आमा श्रीदेवीको जस्तै कैयौं सुपरहिट चलचित्र दिएर बलिउडको सुपरस्टार बन्ने सपना थियो । यो उनको बाल्यकालदेखि कै सपना र चाहना थियो । 

जाह्नवीले ‘धडक’बाट अभिनयमा पाइला चाले पनि त्यो अभिनय उनकी आमाले हेर्न पाइनन् । किनकी चलचित्र रिलिजअघि नै श्रीदेवीको निधन भएको थियो ।





  • प्रकाशित मिति : फागुन २१, २०७८ शनिबार ९:२६:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया