पाकिस्तानमा बम विष्फाेट : मृत्यु हुनेकाे संख्या ५० पुग्याे

पाकिस्तानमा बम विष्फाेट हुँदा मृत्यु हुनेहरूकाे संख्या ५० पुगेकाे छ ।

उत्तर पश्चिमी पेशावर सहर खैबर पख्तुनख्वा प्रान्तको एक मस्जिदमा शुक्रबार बम विष्फाेट भएकाे हाे ।

विष्फाेटमा परी २०० भन्दा धेरै घाइते भएका थिए । जसमध्ये गम्भीर घाइते भएका २० जनाकाे मृत्यु भएसँगै मृतकसंख्या ५० भन्दा माथि पुगेकाे बताइएकाे छ ।

घाइते भएका अधिकांशलाई पेशावरस्थित लेडी रिडिङ अस्पतालमा उपचार भइरहेकाे छ ।

विष्फाेटमा परी एक प्रहरीकाे मृत्यु भएकाे छ भने एक जना गम्भीर घाइते भएका छन् ।

आतंककारी जबरजस्ती मस्जिदभित्र जान खाेजेकाे र प्रहरीसँग विवाद भएपछि आत्मघाती हमला गरेकाे प्रहरीले जनाएकाे छ ।




 



  • प्रकाशित मिति : फागुन २१, २०७८ शनिबार १०:१२:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया