नाटाेकाे दाबी- रुसले युक्रेनमा घातक बम प्रयोग गरेको प्रमाण छ

उत्तर एटलान्टिक सन्धि संगठन नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले रुसले युक्रेन आक्रमणका क्रममा घातक बम प्रयोग गरेको आफूहरुसँग प्रमाण रहेको दाबी गरेका छन् ।

‘रुसले अन्तर्राष्ट्रिय कानुनविपरीत क्लस्टर बम र अन्य घातक हतियार प्रयोग गरेको हामीले विवरण पाएका छौं’, महासचिव स्टोल्टनबर्गले भने ।

उनले पश्चिमा सैन्य गठबन्धनले युक्रेनको आकाशमा उडान प्रतिबन्धित क्षेत्र लागू नगराउनेसमेत घोषणा गरेका छन् । त्यस्तै, नाटो फौजलाई युक्रेनी सेनालाई सहयोग गर्न तत्काल सो क्षेत्रतर्फ नपठाउने बरु आफ्नै ढंगले सहयोग गर्ने उनको भनाइ छ ।

यसैबीच, नाटोको घोषणाले युक्रेनी राष्ट्रपति जेलेन्स्की क्रुद्ध बनेको प्राप्त विवरणहरूमा जनाइएको छ । युक्रेनमाथि रुसी सेनाले हमला गर्दा पश्चिमा देश र नाटोले सहयोग नगरेको राष्ट्रपति जेलेन्स्कीले गुनासो गर्दै आएका छन् ।

युक्रेन हमलाको दशौं दिन रुसी सेनाले युक्रेनका मुख्य सहरमा झनै आक्रमक कारबाही गरेको छ। रुसी सेनाले युक्रेनका महत्त्वपूर्ण पूर्वाधार र विश्वविद्यालय ध्वस्त बनेका छन् ।

रुसी सेनाको आक्रमण प्रतिकार गर्न युक्रेनलाई जर्मनी, अमेरिकालगायतका देशहरूले सैन्य हतियार प्रदान गर्ने घोषणा गरेका छन् ।




 



  • प्रकाशित मिति : फागुन २१, २०७८ शनिबार १०:२५:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया