‘द टाइम्स’काे दाबी : युक्रेनी राष्ट्रपति जेलेन्स्की तीनवटा हत्या प्रयासबाट बचे

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पछिल्लो साता आफूविरुद्ध भएका तीनवटा हत्या प्रयासबाट बचेको द टाइम्सले रिपोर्ट गरेको छ । जेलेन्स्कीको हत्या गर्न वाग्नर ग्रुप र चेचेन विशेष फौज पठाइएको सो पत्रिकाले दाबी गरेको छ । दुबैलाई रुसी प्रशासन केन्द्र क्रेमलिनको सहयोग र साथ छ । 

रुसकाे संघीय सुरक्षा सेवा (एफएसबी) भित्रको युद्धविरोधी तत्वहरूले राष्ट्रपतिको हत्या प्रयास बिथोलिदिएको सो पत्रिकाले जनाएको छ । 

राष्ट्रपतिको हत्या प्रयास गत साताको अन्त्यतिर बिथोलिएको विवरण अमेरिकी पत्रिका वासिंगटन पोस्टले पनि लेखेको छ । 

राष्ट्रपतिको हत्या पछाडि लागि परेको बताइएका चेचेन विशेष फौजलाई युक्रेनी एक सुरक्षा नेताले समाप्त पारिदिएको सो पत्रिकाले जनाएको थियो । 

रुसी सेनाले युक्रेन हमलालाई झनै आक्रमक बनाएको छ । शुक्रबार मात्र रुसी सेनाले युक्रेनको आणविक केन्द्रमा आगो लगाइदिएको थियो । आगो लगाइदिएपछि सो केन्द्र अहिले रुसी सेनाको नियन्त्रणमा छ । 

युरोपकै ठूलो बताइएको सो आणविक केन्द्रमा भएको हमलाको विश्व समुदायले निन्दा गरेको छ ।





  • प्रकाशित मिति : फागुन २१, २०७८ शनिबार ११:४४:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया