अभ्यास खेलका लागि नेपाली क्रिकेट टोली श्रीलंका प्रस्थान

आइसिसी विश्वकप लिग-२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (युएई)मा हुने एकदिवसीय सिरिजको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज श्रीलंका प्रस्थान गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टोली शनिबार बिहान श्रीलंका प्रस्थान गरेको जनाएको हो ।

सिरिजको तयारीस्वरूप नेपाली टोलीले श्रीलंकाको फस्ट क्लास क्लबसँग ४ अभ्यास खेल खेल्ने छ।

नेपालले सोमबार श्रीलंका नाभी, मंगलबार श्रीलंका नाभी, बिहीबार श्रीलंका पुलिस र शुक्रबार फस्ट क्लास खेलाडी सम्मलित टोलीसँग अभ्यास खेल खेल्ने छ ।

नेपालले सिरिजका लागि सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्सीय टोलीको घोषणा गरिसकेको छ ।

नेपाली टोली श्रीलंकाबाटै १४ मार्चमा युएई प्रस्थान गर्नेछ । नेपालले सिरिजमा युएई र पपुवा न्यू गिनी (पिएनजी) विरुद्ध खेल्नेछ ।



नेपालले १६ मार्चमा पिएनजीविरुद्धको खेलमार्फत् सिरिजको सुरुवात गर्नेछ । उसले दोस्रो खेल १८ मार्च तथा तेस्रो खेल २१ मार्चमा आयोजक युएईको समन गर्दा अन्तिम खेल पिएनजीविरुद्ध २२ मार्चमा खेल्नेछ । 

लिग टुमा ७ टिम सहभागी छन् । ओमान २३ खेलबाट ३० अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ ।



यता १२ खेल खेलेको स्कटल्यान्ड (१६), १६ खेल खेलेको अमेरिका (१४), १० खेल खेलेको युएई (१२) तथा ९ खेल खेलेको नामिविया (१०) अंकका साथ दोस्रोदेखि पाँचौ स्थानमा छन् ।

नेपाल भने ८ खेलबाट ८ अंक जोड्दै छैठौं स्थानमा छ । पिएनजीले भने १२ मध्ये कुनै पनि खेलमा जित हात पारेको छैन ।

नेपाली टोली :

सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल,आरिफ शेख, आसिफ शेख, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, पवन सर्राफ, करण केसी, विनोद भण्डारी, रोहित कुमार पौडेल,सोमपाल कामी, बिक्रम सोब, भीम सार्की । 

  • प्रकाशित मिति : फागुन २१, २०७८ शनिबार १२:१:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया