एमालेले अवरोध गरिरहे संसद किन चलाइरहने भन्ने प्रश्न उठ्न सक्छ : गगन थापा
फाइल तस्वीर

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रतिनिधिसभा चल्न नसकेको अवस्थामा किन चलाइ राख्ने प्रश्न उठ्न सक्ने बताएका छन् । शनिबार राजधानीमा आयोजिक निजामती कर्मचारी युनियनको आठौँ राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आम चुनाव मंसिरभन्दा अगाडि पनि हुन सक्ने बताएका छन् । उनले एमालेले प्रतिनिधिसभालाई अवरोध गरिरहे यो संसदको औचित्य नरहने तर्क गरे । साथै उनले अवरोध भइरहे किन चलाइरहने भन्ने प्रश्न उठ्ने पनि बताए ।

‘संसद यसै गरेर चल्न नदिने अवस्था बनिरह्यो । संसदको उपहास गर्ने काम लगातार नेकपा एमालेले गरिरह्यो । हामीले संवाद गरेका छौं, फकाउन कोसिस गरिरहेका छौँ । आउनुहोस् भनिरहेका छौँ । तर कुनै पनि तरिकाले सकिएन भने त्यो बेलामा संसद किन चलाइरहने भन्ने प्रश्न उठ्न सक्छ । त्यो अवस्थामा मंसिरअगाडि पनि चुनाव हुन सक्छ’ उनले भने ।

उनले स्थानीय तहको निर्वाचन वैशाख ३० मै हुने दाबी गरे । 'वैशाख ३० गते निर्वाचन गराउने हो । स्थानीय निर्वाचनको बारेमा  कहिलेकाही कसैले व्यक्तिगत रूपमा केही भनेको पढेको सुन्छु । तर संविधान लेखेर आएको सदस्यमध्ये एक हुँ यो संविधान ऐनले नियमले कानुनले  हामीलाई निर्वाचन एक दिन पनि थलमाथि गर्ने छुट दिएको छैन । वैशाख ३० गते कांग्रेसले निर्वाचन गराउँछ' उनले भने ।





  • प्रकाशित मिति : फागुन २१, २०७८ शनिबार १३:४६:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया