नेम्वाङको प्रचण्ड-नेपाल लक्षित प्रश्न - साथीहरू निर्वाचन भनेपछि किन डराउछन् ?
फाइल तस्वीर

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपाध्यक्ष सुवाष नेम्वाङले सत्तारुढ दलहरू भित्रभित्रै स्थानीय तहको निर्वाचनपछि धकेल्ने खेलमा लागि परेको आरोप लगाए ।

संविधानसभाका अध्यक्षसमेत रहेका उपाध्यक्ष नेम्वाङले विगतमा पनि निर्वाचनमा जानेभन्दा डराउने गरेका केही साथीले तोकिएको स्थानीय तहको निर्वाचन पनि पछि सार्ने खेल खेलिरहेको बताएका हुन् । 

प्रेस चौतारी नेपाल, बागमती प्रदेश, प्रतिष्ठान र एशोसिएटले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले आफ्नो पार्टीको जोडबलमा घोषणा गरिएको स्थानीय तहको निर्वाचन पनि सत्तारुढ दलहरूले सार्ने प्रयास गरिरहेको भन्दै आपत्ति जनाए । 

उपाध्यक्ष नेम्वाङले प्रचण्ड, माधव नेपालहरूप्रति संकेत गर्दै केही साथीहरू निर्वाचन भनेपछि किन डराउछन् ? भनि प्रश्न गरे ।  

‘केही साथीहरू किन जनतामा जानेभन्दा डराउँछन् ? प्रतिगमन भन्छन् । जनतामा जाने भनेको डराउँछन् । भरसक जनतामा जाने मिति पर सार्छन् । यहाँहरूलाई थाहा छ–त्यसैले म दोहोर्या‍उन्न चाहन्न । बल्लबल्ल तपाईं–हामीले लडेर स्थानीय तहको निर्वाचनको मिति तोकाएका छौं । तर, अहिले पनि भित्रभित्र खेलोफड्को भइरहेको छ' उनले भने ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीले ठूलो चुनौती मोलेर बनाएको नेपालको चुच्चे नक्सा आफैँले सार्वजनिक गरेको सय दिनको कार्यक्रमबाट समेत गायब बनाएको भन्दै उपाध्यक्ष नेम्वाङले आक्रोश व्यक्त गरे । 



नेपाली जनताको निम्ति नेपालको भूमि समेटेर आफ्नो पार्टी नेतृत्वको सरकारले बनाएको सो चुच्चे नक्सा प्रिय भएको तर वर्तमान सरकारले गायव बनाउने गरेको उनको भनाइ थियो । 



  • प्रकाशित मिति : फागुन २१, २०७८ शनिबार १४:५२:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया