मधेस प्रदेशसभा बैठक तेस्रो पटक स्थगित
फरकधार / २१ फागुन, २०७८
फाइल तस्वीर

मधेस प्रदेशको प्रदेशसभा बैठक तेस्रो पटक स्थगित गरिएको छ ।

आइतबार दिउँसो २ बजे बस्ने भनिएको प्रदेशसभाको बैठक विशेष कारणवस चैत ९ गतेसम्मका लागि स्थगित गरिएको हो । 

बैठक चैत ९ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ । यसअघि फागुन १ गते र १० गतेका लागि बोलाइएको बैठक पनि स्थगित गरिएको थियो ।



फागुन १ गते जनयुद्ध दिवस मनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जनकपुरधाम आएका बेला बैठक स्थगित गरिएको थियो भने १० गतेको बैठक सभामुख सरोज कुमार यादव पोखरा गएकोले स्थगित गरिएको थियो । 



प्रदेशसभा सचिवालयका सचिव रंजित कुमार यादवले नेपाली कांग्रेसको अधिवेशन चलिरहेको र गण्डकी प्रदेशका मुख्यमन्त्री मधेस प्रदेशको भ्रमणमा रहेकाले बैठक स्थगित गरिएको जानकारी दिए ।

  • प्रकाशित मिति : फागुन २१, २०७८ शनिबार १५:१२:३८,   अन्तिम अपडेट : फागुन २१, २०७८ शनिबार १५:१४:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया