युक्रेनमा 'नो फ्लाई जोन' लगाउने देश युद्धमा संलग्न मानिने पुटिनको चेतावनी

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नो फ्लाई जोन लगाउने देशलाई युक्रेनको युद्धमा सम्लग्न मानिने बताएका छन् । 

सरकारी वायुसेवा कम्पनी एरोफ्लोटका उडान परिचारकहरूसँगको भेटमा उनले यस्तो बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

'हामी यस दिशामा उठाइएका कुनै पनि कदमलाई त्यस देशमा सशस्त्र विद्रोहमा सामेल हुने रूपमा विचार गर्नेछौँ," रुसी राष्ट्रपतिले भने ।

सैन्य सन्दर्भमा नो-फ्लाइ जोन भन्नाले आक्रमण वा निगरानीलाई रोक्न कुनै पनि विमान त्यस क्षेत्रमा प्रवेश गर्न नदिनुलाई भनिन्छ । तर, यसलाई सेनाले लागू गर्छन् किनकि कुनै पनि विमानलाई सम्भावित रूपमा खसाल्न सकियोस् ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले नो फ्लाई जोन घोषणा नगरेकोमा नेटोको आलोचना गर्दै यसलाई 'कमजोरी' र 'एकताको अभाव' भनेका थिए । तर, नेटोले यसले अन्य देशहरूमा युद्धको जोखिम बढाउन सक्ने जनाएको छ।





  • प्रकाशित मिति : फागुन २१, २०७८ शनिबार २०:५७:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया