रुसमा सैन्य कानुन लागू गर्ने योजना छैन : पुटिन

युक्रेनविरुद्ध आक्रमणमा उत्रिएको रुसमा सैन्य कानुन लागू गर्ने चर्चा चलिरहेको छ । तर, राष्ट्रपति भ्लादिमिर पुटिनले यस्तो कुनै योजना नरहेको स्पष्ट पारेका छन्।

रुसी राष्ट्रपति पुटिनले आफ्ना कदमहरू ‘सैन्य कारबाही लक्षित क्षेत्रमा बाह्य उक्साहटका घटनाका भरमा’ मात्र चालिने बताए। राष्ट्रिय टेलिभिजनमा देखाइएको एरोफ्लट विमान सेवाका विमान परिचारिकाहरूसँगको बैठकमा उनले यस्तो बताएका हुन् ।


यसअघि पुटिनले सैन्य कानुन लागू गर्न लागेको भन्ने हल्ला चलेको थियो। त्यस्तो अवस्थामा सामान्य नागरिक कानुनहरू निलम्बित हुन्छन् वा सरकारी कामकारबाहीमा सैनिकहरू संलग्न हुन्छन्।

उनले युक्रेनमाथि ‘नो फ्लाइ जोन’ लागू गर्ने जुनसुकै देश युक्रेन युद्धमा सहभागी भएको रूपमा हेरिनेसमेत बताए।





  • प्रकाशित मिति : फागुन २१, २०७८ शनिबार २२:६:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया