प्रिमियर लिगमा चेल्सीको फराकिलो जित

इंग्लिस प्रिमियर लिगमा चेल्सीले बर्नेलीलाई ४–० गोल अन्तरले हराएको छ । बर्नेलीको घरेलु मैदान ट्रफ मोरमा गएराति भएको खेलमा चेल्सीलाई जित दिलाउन काइ हाभर्टेजले २ तथा रीस जेम्स र क्रिष्टियन पुलिसीचले १–१ गोल गरे ।

खेलको ४७ औं मिनेटमा जेम्सको गोलमार्फत चेल्सीले अग्रता लिएको थियो । ५२ र ५५ औं  मिनेटमा हाभार्टेजले गोल गर्दै टोलीलाई ३–० ले अघि बढाए ।

७९ औं मिनेटमा पुलिसीचले गोल गरेपछि चेल्सीले ४–० को फराकिलो जित हात पार्‍यो । यो जितसँगै चेल्सी २६ खेलमा ५३ अंकका साथ तेस्रो तथा पराजित बर्नेली समान खेलबाट २१ अंकका साथ १८ औं स्थानमा यथावत छन् ।

लिगअन्तर्गतकै अन्य खेलमा लेस्टर सिटी,  एस्टन भिल्ला, न्यूक्यासल युनाइटेड, ब्रेन्टफोर्ड, क्रिस्टल प्यालेस र लिभरपुलले जित हात पारेका छन् । 





  • प्रकाशित मिति : फागुन २२, २०७८ आइतबार ६:४९:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया