विश्वकपमा पाकिस्तानविरुद्ध भारत १०८ रनले विजयी
फरकधार / २२ फागुन, २०७८
यो सामग्री सेयर गर्नुहोस्

न्युजिल्याण्डमा जारी आइसिसी एकदिवसीय महिला विश्वकपमा भारतले विजयी सुरुवात गरेको छ । आइतबार भएको खेलमा पाकिस्तानलाई १०८ रनले हराउँदै भारतले विश्वकपमा विजयी सुरुवात गरेको हो ।  



आफ्नो पहिलो खेलमा भारतले दिएको २४५ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४३ ओभरमा सबै विकेट गुमाउँदै १३७ रन मात्र बनाउन सक्यो । उसका लागि सिद्रा आमिनले ३०, डायना ब्यागले २४, फातिमा सानाले १७, कप्तान बिस्माह मारूफले १५, सिद्र नवाजले १२, जवेरिया खान र आलिया रियाजले ११/११ रन बनाए । 



बलिङमा राजेश्वरी गायकवाडले चार, स्नेहा राणा, झुलन गोस्वामीले दुई/दुई र दिप्ती शर्माले एक विकेट लिए । त्यसअघि माउन्ट माउगानुईमा टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २४४ रन बनायो ।



उसका लागि पूजा वस्त्रकारले ६७, स्नेहा राणाले अविजित ५३, स्मृति मन्धानाले ५२ र दीप्ती शर्माले ४० रन बनाए । बलिङमा नशरा सन्धु, निदा डारले दुई/दुई, अनम अमीन र डायना बेगले एक/एक विकेट लिए ।  
 







  • प्रकाशित मिति : फागुन २२, २०७८ आइतबार १४:२:३,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया