महाअभियोग सिफारिस समिति संसदबाट बहुमतले स्वीकृत
फाइल तस्वीर

प्रतिनिधिसभा बैठकबाट प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोगबारे अध्ययन गर्न ‘महाअभियोग सिफारिस समिति’ प्रस्ताव बहुमतले स्वीकृत भएको छ । ११ सदस्यीय महाअभियोग सिफारिस समितिको नाम सभामुख अग्निप्रसाद सापकोटाले संसदमा प्रस्तुत गरेका थिए । 

सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम १६२ अनुसार आजको बैठकमा ‘महाअभियोग सिफारिस समिति’ प्रस्ताव प्रस्तुत गरेका हुन । 

गत १ फागुनमा जबराविरुद्ध संसद सचिवालयमा महाअभियोग दर्ता भएको थियो । सत्तारुढ गठबन्धनका ९८ सांसदको हस्ताक्षरसहित महाअभियोग दर्ता गरेका थिए ।

प्रतिनिधिसभा नियमावलीअनुसार यो प्रस्तावमाथि संसदमा सामान्य छलफलपछि महाअभियोग सिफारिस समितिमा पठाउनुपर्ने व्यवस्था छ । ११ सदस्यीय समितिले आरोपबारे छानबिन गरी महाअभियोग सिफारिस गर्नसक्छ । एक चौथाई सदस्यले समर्थन गरेमा महाभियोगको कारबाही प्रारम्भ हुने व्यवस्था छ ।

महाअभियोग सिफारिस समिति
एमाले

१. विष्णु  पौडेल
२. लालबाबु पण्डित
३. शिबमाया तुम्बाहाम्फे
४. कृष्ण भक्त पोखरेल
कांग्रेस
५. मिन बहादुर विक
६. रामबहादुर विष्ट
माओवादी
७. यसोदा सुवेदी
८. रेखा शर्मा
नेकपा एस
९. कल्याणी खड्का
लोसपा
१०. एकवाल मियाँ
जसपा
११. प्रमोद साह





  • प्रकाशित मिति : फागुन २२, २०७८ आइतबार १४:७:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया