सत्तारूढ दलहरूले नै 'अर्ली इलेक्सन' गर्नुपर्ने आवाज उठाएका छन् ।
सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नै मंसिर अगाडि नै संघीय निर्वाचनमा जानुपर्ने टिप्पणी गरेका हुन् ।
उनले आइतबारको संसद बैठकअघि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै संसद् भंग गरेर निर्वाचनमा जानुपर्ने बताएका छन् ।
उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोध गरेको भन्दै संसद भंग गरेर तीनै तहको निर्वाचन गर्नुपर्ने बताए ।
उनले एमालेले अध्यक्ष केपी शर्मा ओलीले संसद बैठक अवरुद्ध पारेर हैरान पारेको पनि बताए ।
उनले एमालेले संसद चल्न पनि नदिने र भत्ता पनि खाइरहने काम गरेको बताए ।
'संसद्मा केपी ओलीको हैरानी कति सहने । अब संसद् भंग गर्ने, संसद् पनि रहन्न यो वितण्डा पनि रहन्न । अब सबै निर्वाचनमा जाऔँ' उनले भने ।
शनिबार सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पनि मंसिरअघि नै संघीय संसदको निर्वाचन गर्नुपर्ने बताएका थिए ।
उनले एमाले सांसदको निरन्तरको अवरोधका कारण संसद् बैठक कति समयसम्म यसरी चलाउने भन्ने प्रश्न उठ्न सक्नेसमेत बताएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।