युक्रेनको मारिओपोल शहरमा पुनः अस्थायी युद्धविराम घोषणा गरिएको छ ।
मारिओपोल शहरमा स्थानीय समय अनुसार आइतबार बिहान १० बजेदेखि साँझ ९ बजेसम्मका लागि अस्थायी युद्ध विराम घोषणा गरिएको त्यहाँको सिटी काउन्सिलले जनाएको छ ।
यसअघि पनि सो सहरमा रुसी सेनाले युद्धविराम घोषणा गरेको थियो ।
सर्वसाधारणलाई त्यहाँबाट सहज ढंगले अन्य क्षेत्रमा जान र अन्य मानवीय सहायता लागि भन्दै रुसी सेनाले युद्धविराम घोषणा गरेको थियो ।
तर, रुसी सेनाले बम हमला र गोलाबारी गरेको विवरण सार्वजनिक भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।