गठबन्धनको हिँडाइ सोझो छैन, 'अर्ली इलेक्सन'मा एमाले अडिग छ : नेम्वाङ
फाइल तस्वीर

नेकपा एमालेका सांसद सुवास नेम्वाङले सत्ता गठबन्धनको हिँडाइ सोझो नभएको टिप्पणी गरेका छन । आइतबारको संसद बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेम्वाङले ‘कतै हेरेर कतै हिर्काउने’ गरी अर्ली इलेक्सनबारेमा चर्चा हुन थालेको बताए । 

अर्ली इलेक्सनको चर्चा बढ्न थालेका छन । तपाईंहरुको धारणा के हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा नेम्वाङको जवाफ छ, ‘अर्ली इलेक्सन अचानक यो ढंगले संसद विघटन भयो भने त्यो गकोलाई प्रतिगमन भन्ने साथीहरुले अहिले किन यो सोचाई ल्याउनुभएको छ ? कतै हेरेर कतै हिर्काउने भन्ने छ नि भनाई । यसबाट पनि बुझ्नुस । उहाँहरुको सोझो यो हिँडाइ छैन ।’

गलत ढंगले आफ्नो पार्टी चोइट्याउने काम भएको नेम्वाङको भनाई छ । ‘सबैभन्दा पहिलो कुरा हामीले के गर्छौं, यो देशको जिम्मेवार प्रतिपक्षीले के गर्छ ? अहिले पनि गलत ढंगले हाम्रो पार्टीलाई चोइट्याउने काम भयो । तरपनि यो देशको सबैभन्दा ठूलो पार्टी हामी हौं । तर सत्तापक्षले हामीलाई हेरेर कहाँ निर्णय गर्ने गरेको छ र ?’ उनले प्रश्न गरे । 

अर्ली इलेकसनको चर्चा चलाएर स्थानीय निर्वाचन भत्काउने वा त्यसलाई पर धकेल्ने काम हुनसक्ने उनले बताए । ‘मलाई लाग्छ, उहाँहरु स्थानीय तहको निर्वाचन भत्काउन लाग्ने त्यसलाई पर पुर्याउने । निर्वाचनमै गडबड गर्ने लगायतका कुराहरु हुन सक्छन । यसलाई लिएर अहिले नै म विशेष टिप्पणी गर्न चाहन्न । हामीले विशेष कारणबस नै जनताकोमा जाऔं भनेकै हौ, आफ्नो भनाइमा हामी अडिग छौं ।’

सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचन बाध्यतामा परेर घोषणा गरेको उनले बताए । ‘चुनाव गर्नका लागि हो कि, भत्काउनका लागि हो कुन रुपमा अघि आउनुहुन्छ हामी हेर्छौं । स्थानीय तहको निर्वाचन घोषणा उहाँहरु चाहेर गर्नुभएको हैन । बाध्यताले गरेको हो ।’ नेम्वाङले अघि भनेका छन, ‘उहाँहरुले रोक्न खोज्नुभएको थियो । तर निर्वाचन आयोगले लड्यो, तपाईं हामी सबै लड्यौँ । अनिमात्र बाध्य भएर घोषणा गरिएको हो । यो घोषणा भएपछि अदालती प्रक्रियामा गएर रोक्ने प्रयास भयो । अहिले नै ढुक्क नहोऔं,  र थोरै सतर्क रहेर जनतामा जाने प्रक्रियालाई संविधान बमोजिम लैजाऔँ भन्छौं ।’





  • प्रकाशित मिति : फागुन २२, २०७८ आइतबार १५:२५:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया