अर्ली इलेक्सनबारे के भन्छन् : कानुनमन्त्री बडू र एमाले संसदीय दलका उपनेता नेम्वाङ ?

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले प्रतिनिधिसभालाई पूर्ण कार्यकाल चलाउनुपर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री बडुले संसदलाई जनताप्रति जवाफदेही बनाएर पूर्ण कार्यकाल चलाउनुपर्ने बताएका हुन् । 

संसदको गतिरोध अन्त्य गर्न प्रमुख प्रतिपक्ष दल एमालेलाई आग्रह गरिरहेको उल्लेख गर्दै उनले सो आग्रहलाई एमालेले पनि गम्भीरतापूर्वक लिएको बताए । सर्वोच्च अदालतले पनि संसद पूर्ण कार्यकाल चलाउनुपर्ने फैसला गरेको उनले स्मरण गराए । 

मन्त्री बडुले अर्ली इलेक्सनको कुरा कुनै एजेण्डा र प्रस्तावको रुपमा नआएको स्पष्ट पारे । मन्त्री बडुले महाअभियोग सिफारिस समितिमा प्रतिपक्ष दल एमालेले नाम दिनु सकारात्मक भएको टिप्पणी गरे । 

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले महाअभियोगको प्रक्रियालाई उपयुक्त निष्कर्षमा पु¥याउनका लागि भूमिका खेल्न सो समितिमा नाम दिएको बताए । स्थानीय तहको निर्वाचन सार्नका लागि अर्ली इलेक्सनको कुरा उठाइएको पनि उनले बताए । 

उपनेता नेम्वाङले महाअभियोग सिफारिस समितिमा बसेर एमालेले  संविधान, कानुन र अभ्यासबमोजिम अघि बढी महत्वपूर्ण र क्रियाशील भूमिका निर्वाह गर्ने बताए । 





  • प्रकाशित मिति : फागुन २२, २०७८ आइतबार १७:२७:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया