युक्रेनको रक्षा मन्त्रालयले रूससँग चलिरहेको द्वन्द्वबारे आफ्नो दैनिक प्रतिवेदन सार्वजनिक गरेको छ ।
प्रतिवेनअनुसार युद्ध सुरु भएदेखि अहिलेसम्म ८८ रूसी विमान तथा हेलिकप्टर नष्ट गरेको युक्रेनले दाबी गरेको छ । युक्रेनले धेरै रुसी पाइलटलाई पक्राउ गरेको पनि जनाएको छ ।
युक्रेनी सेनाले देशको दक्षिणपूर्वमा रहेको मारिउपोल सहरमा रुसी सेनासँग लडिरहेको छ । यो युक्रेनको महत्त्वपूर्ण बन्दरगाह छ ।
देशको दक्षिणी भागमा रहेको ओडेसा नजिकैको मिकोलेभमा ठूलो परिमाणमा रुसी ‘उपकरण’ बरामद गरिएको युक्रेनी सेनाले जनाएको छ ।युक्रेनी सेनाको दाबी स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन ।
युक्रेनी सेनाको प्रतिरोधको सामना गर्दा रुसी सेनाको मनोबल खस्कँदै गइरहेको छ । रुसले युक्रेनमा आफ्नो सेनाको क्षतिबारे थोरै जानकारी दिने गरेको छ । तर, युक्रेनी सेनाले रुसी हमलाको कडा प्रतिरोध गरेकोमा विज्ञहरू अचम्मित छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।