युक्रेन हमलाविरुद्ध प्रदर्शन गर्ने आठ हजार रुसी नागरिक पक्राउ

रुस सरकारले युक्रेन हमलाविरुद्ध प्रदर्शन गर्ने आठ हजार प्रदर्शनकारीलाई हिरासतमा लिएको छ । रुसमा सरकार विरोधी प्रदर्शनमा सामूहिक नजरबन्दी सामान्य भएको छ।

११ दिनअघिबाट रुसले युक्रेनमा युद्ध सुरु गरेको थियो । शनिबार मात्रै ६ सयभन्दा बढी प्रदर्शनकारी पक्राउ परेका छन् । रुसले गरेको आक्रमणको विरोधमा विश्वव्यापी प्रदर्शनको एक दिनपछि आइतबार पनि विरोध प्रदर्शन भएको छ । 

रुसले बिबिसीलगायत कैयौँ अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई पहुँच प्रतिबन्ध लगाएका छन्। टेलिभिजन समाचार च्यानल बिबिसी वर्ल्ड न्युज पनि बन्द गरिएको छ।

संयुक्त राष्ट्रसंघीय शरणार्थी एजेन्सीका उच्चायुक्त फिलिपो ग्रान्डीका अनुसार पछिल्लो १० दिनमा १५ लाखभन्दा बढी मानिस सीमा पार गरी छिमेकी मुलुकमा पुगेका छन्।





  • प्रकाशित मिति : फागुन २२, २०७८ आइतबार १८:२७:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया