नेपालले पपुवा न्युगिनीसँग एक दिवसीय क्रिकेट खेल्ने
फाइल तस्वीर

नेपालले पपुवा न्युगिनी (पिएनजी)सँग एक दिवसीय अन्तर्राष्ट्रिय खेल्ने भएको छ । 

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपालले आगामी २५ र २६ मार्चमा घरेलु मैदान पिएनजीसँग दुई एक दिवसीय अन्तराष्ट्रिय खेल खेल्ने छ ।

त्यस्तै नेपालमा त्रिदिवसयी अन्तर्र‍ाष्ट्रिय टि-२० प्रतियोगिता हुने भएको छ । खेल आगामी मार्च २८ देखि अप्रिल ४ सम्म हुने छ । 

जसमा नेपाल, पपुवा न्युगिनी र मलेसिया प्रतिस्पर्धा गर्नेछन् । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने क्यानले जनाएको छ ।

यूएईमा हुने आईसीसी क्रिकेट विश्वकप लिग–२ को तयारीका लागि अहिले नेपाली टोली श्रीलंकामा छ ।

नेपालले त्यहाँको स्थानीय टिमसँग चार अभ्यास खेलपछि यूएई जानेछ । 





  • प्रकाशित मिति : फागुन २२, २०७८ आइतबार १९:२८:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया