रुस–युक्रेन युद्धमा कसैलाई उक्साउनु गलत : चीन
फाइल तस्वीर

चीनले रुस र युक्रेन युद्धलाई धेरै नभड्काउन यूरोप अमेरिकासहित विश्व समुदायलाई आग्रह गरेको छ ।

चिनियाँ विदेशमन्त्री वाङ्ग यीले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनसंगको टेलिफोन वार्ताका क्रममा युद्धले युक्रेनलाई संकटमा धकेलेको भन्दै युद्धलाई थप बल दिने कुनै पनि गतिविधि गर्नु गलत हुने बताए ।

चिनियाँ दैनिक ग्लोबल टाइम्सका अनुसार विदेशमन्त्री यीले आफूहरु रुस र युक्रेनबीच सिधा वार्ताको पक्षमा रहेको भन्दै संवादबाट मात्रै समस्या समाधान हुने प्रष्ट पारे । 

रुसको निकट सहयोगीका रुपमा रहँदै आएको चीनले युक्रेनमाथि रुसी आक्रमणबारे औपचारिक रूपमा पक्ष वा विपक्षमा कुनै प्रतिक्रिया दिएको छैन । 

चीन, भारत र संयुक्त राज्य इमिरेट्स राष्ट्रसंघमा युक्रेन युद्धलाई लिएर भएका महत्वपूर्ण मतदानमा अनुपस्थित भएका थिए । चीन यूरोपमा युद्धको पक्षमा नरहेको भएपनि तर उसको रूससँगको सैन्य सहकार्य पनि बलियो बनाउन चाहन्छ ।

चिनियाँ विदेशमन्त्री यीले रूस र युक्रेनबीच इमान्दार वार्ता गराउन र रुसको सुरक्षा चासो सम्बोधन गर्न अमेरिका, नेटो र युरोपियन युनियनलाई आग्रह गर्नुभएको पनि ग्लोबल टाइम्सले जनाएको छ । 





  • प्रकाशित मिति : फागुन २२, २०७८ आइतबार २०:३४:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया