भीम रावलको प्रश्न : एमसिसीबारे बोल्न नहुने, महाअभियोगमा सामेल हुने यो कस्तो नीति हो ?

नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले संसदमा पार्टीले अवरोध गरिरहेको अवस्थामा प्रधानन्याधीशमाथिको महाअभियोगको प्रक्रियामा सामेल भएको भन्दै नेतृत्वको आलोचना गरेका छन् । 

एमालेले माधव नेपालसहित १४ सांसदमाथि कारबाही वा सभामुखको राजीनामा माग गर्दै निरन्तर संसद अवरोध गर्दै आएको छ । तर, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोग सिफारिस समिति गठनमा एमाले पनि सामेल भएको छ । 

पार्टीले दोहोरो नीति लिएको भन्दै उनले नेतृत्वको आलोचना गरेका हुन्। एमसिसीमा बोल्दा हिरो बन्यो भनेर बोल्न हुन्न भन्ने र महाभियोग प्रक्रियामा कुन नीतिले सामेल भएको भन्दै उनले प्रश्न गरेका छन् । 

‘नेपाली जनताले देशव्यापी उठाएको र राजनीतिक दलमा सर्वाधिक बहस भएको राष्ट्रिय स्वाधीनतासँग सम्बन्धित एमसिसी सम्झौताबारे संसदमा बोल्न नहुने, तर प्रन्या चोलेन्द्रविरूद्ध महाभियोग सिफारिस समिति गठनसमेतको संसदीय प्रक्रियामा सामेल हुने कस्तो नीति हो ?’ उनले प्रश्न गरेका छन्, ‘कसरी बुझ्ने ? संसद अवरोध के भयो त अब ?’





  • प्रकाशित मिति : फागुन २२, २०७८ आइतबार २०:५३:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया