घलेगाउँमा २१ वर्षमा भित्रिए २ लाख पर्यटक

लमजुङको क्व्होलासोथार गाउँपालिका–३ मा पर्ने घलेगाउँमा २१ वर्षमा २ लाखभन्दा बढी पर्यटक भित्रिएका छन् । स्मार्ट भिलेजको रूपमा परिचित घलेगाउँ २०५७ सालदेखि १२ घरबाट होमस्टे सञ्चालन गरिएको थियो ।

घलेगाउँका १३५ घरमध्ये हाल ४२ घरमा होमस्टे सञ्चालन गरिएको छ । घलेगाउँ पर्यटन समितिका अध्यक्ष प्रेम घलेले अब यस गाउँलाई सुखी गाउँको रूपमा घोषणा गरिने बताए ।

२०५६ देखि स्थानीयले पर्यटन प्रवर्द्धनका कार्यक्रमको सुरुवात गरेका थियो । स्मार्टभिलेजको रूपमा परिचित घलेगाउँ आन्तरिक र बाह्य पर्यटकको गन्तव्य बनेको २ दशकको अवधिमा २ लाख १२ हजारभन्दा बढी पर्यटक घलेगाउँ भित्रिएका छन् ।

आर्थिक वर्ष ०५७/५८ मा घरवास (होमस्टे) सुरु भएपछि हालसम्मको २१ वर्षमा बाह्य र आन्तरिक गरी २ लाख १० हजार ४०५ पर्यटक भित्रिएका छन् । पछिल्लो २ वर्षको निषेधाज्ञापछि घलेगाउँमा पर्यटक आगमन पुरानै लयमा फर्किएको छ ।  





  • प्रकाशित मिति : फागुन २३, २०७८ साेमबार १०:१०:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया