मोदी र जेलेन्स्कीबीच टेलिफोन वार्ता हुँदै

प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग टेलिफोन वार्ता गर्ने भएका छन् । युक्रेन संकटबारे राष्ट्रपति जेलेन्स्कीसँग मोदीले छलफल गर्ने भएका हुन् । 

युक्रेनमा रुसले हमला गरेपछि पछिल्लो पटक प्रधानमन्त्री मोदीसँग २६ फेब्रुबरीमा जेलेन्स्कीसँग वार्ता गरेका थिए । सो वार्तापछि रुसी हमलाबारे राष्ट्रसंघको सुरक्षा परिषदमा भएको निन्दा प्रस्तावमा भारत तटस्थ बसेको थियो । 

युद्धग्रस्त युक्रेनमा फसेका आफ्ना सयौँ विद्यार्थीलाई भारतले उद्दार गर्ने प्रयास गरिरहेका बेला सोमबार दुई नेताबीच वार्ता हुन लागेको हो । 

युक्रेनी सहर सुमीमा रहेको मेडिकल कलेजको होस्टेलमा फसेका विद्यार्थीहरूलाई हिजो भारतीय दूतावासले ‘छोटो सूचनामा छोड्न’ भनेको थियो । विद्यार्थीहरूलाई सुरक्षित ढंगले उद्दारको संयोजन गर्न पोल्ताभामा अधिकारीहरूको समूह तैनाथ गरिएको छ । 

युद्धग्रस्त क्षेत्रबाट विद्यार्थीहरूको उद्दार अधिकारीहरूका लागि चुनौतीपूर्ण मानिएको छ । चिसोका कारण उद्धारमा कठिनाइ भएको बताइएको छ । केही विद्यार्थीले जोखिम मोलेर रुसी सीमामा पुग्ने निर्णय गरेको भिडियो सेयर गरेका छन् । तर, सरकारले उनीहरूलाई अनावश्यक जोखिम नमोल्न सुझाएको छ ।

आफ्ना ७०० विद्यार्थीलाई युद्ध प्रभावित क्षेत्रबाट खाली गर्नका लागि उत्तरपूर्वी युक्रेनी सहरमा युद्धविराम गर्न भारतले युक्रेन र रुसलाई अनुरोध गरेको छ । फेब्रुवरीको अन्त्यतिर रुसी सेनले युक्रेनमा अतिक्रमण गरेपछि उनीहरू त्यहाँ फसेका थिए । 





  • प्रकाशित मिति : फागुन २३, २०७८ साेमबार १०:२९:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया