आजको विदेशी मुद्राको विनिमयदर यस्ताे

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर अधिकतम १२१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १२२ रुपैयाँ १६ पैसा कायम गरेको छ ।

युरोपियन युरो एकको खरिददर १३२ रुपैयाँ ८३ पैसा र बिक्रीदर १३३ रुपैयाँ ४८ पैसा छ । युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १६० रुपैयाँ ७९ पैसा र बिक्रीदर १६१ रुपैयाँ ५८ पैसा छ ।  स्विस फ्रेङ्क एकको खरिददर १३२ रुपैयाँ ६१ पैसा र बिक्रीदर १३३ रुपैयाँ २६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८९  रुपैयाँ ६० पैसा र बिक्रीदर ९० रुपैयाँ चार पैसा  छ । क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ४८ पैसा रहेको छ भने बिक्रीदर ९५ रुपैयाँ ९५ पैसा छ ।

जापानी येन १० को खरिददर नेपाली १० रुपैयाँ ५९ पैसा र बिक्रीदर १० रुपैयाँ ६४ पैसा छ भने चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ २३ पैसा र बिक्रीदर १९ रुपैयाँ ३३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल  एकको खरिरदर ३२ रुपैँया ४० पैसा र बिक्रीदर ३२ रुपैयाँ ५६ पैसा  छ भने कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ १९  पैसा र बिक्रीदर ३३ रुपैयाँ ३५ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ १० पैसा छ भने बिक्रीदर २९ रुपैयाँ २४ पैसा रहेको छ । यस्तै, कोरियन वन १०० को खरिददर नाै रुपैयाँ ९८ पैसा र बिक्रीदर १० रुपैयाँ तीन पैसा कायम भएको छ ।
 





  • प्रकाशित मिति : फागुन २३, २०७८ साेमबार १०:४४:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया