तीन फरार अभियुक्त पाँच वर्षपछि पक्राउ

जिल्ला अदालत काभ्रेपलाञ्चोकले कैद सजाय तथा जरिवाना तोकेको तीन फरार प्रतिवादी पाँच वर्षपछि पक्राउ परेका छन् ।

कार्यालयकाे विशेष टोलीले अपराध मुद्दाका फरार पनौती नगरपालिका-३ का २३ वर्षका सन्तराम तामाङ र सोही वडाका २७ वर्षीय सुवास तामाङलाई सोही स्थानबाट आइतबार पक्राउ गरेको हाे।

यस्तै, विविध कसुरमा धुलिखेल नगरपालिका-४ का पोडिनी सार्की सोही स्थानबाट पक्राउ परेका हुन् । 

उनीहरूलाई अदालतले २०७३ असार ६ गते केही सार्वजनिक अपराध कसुरमा जरिवाना तथा सजाय फैसला गरेको थियो। 

जिल्ला प्रहरी कार्यालय काभ्रेले ती प्रतिवादीलाई कैद तथा जरिवाना कार्यान्वयनका लागि जिल्ला अदालत पठाएको जनाएको छ। 
 





  • प्रकाशित मिति : फागुन २३, २०७८ साेमबार ११:१७:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया